नियम २३
मतदान केन्द्रमा प्रवेश निषेध गर्न सकिने
(१) मतदान अधिकृतले मतदान केन्द्रमा भीड हुन, अनावश्यक रुपमा जमघट हुन वा कुनै गडबडी हुन नपाउने गरी मतदातालाई प्रवेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ । (२) ऐनको दफा ४१ को उपदफा (१) को खण्ड (ङ) बमोजिम कुनै व्यक्तिलाई मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति दिँदा त्यस्तो व्यक्ति मतदानसँग सम्बद्ध व्यक्ति हो होइन भन्ने कुरा यकिन गरेर मात्र अनुमति दिनु पर्नेछ ।